पुर्बमन्त्री राईले दिए धोखा : उपेन्द्र यादवको पश्चिममा जनादेश जाने खतरा
काठमाडौं । जसपामा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढाल्न हात धोएर लागेका अध्यक्ष उपेन्द्र यादवलाई धक्का लागेको छ । उनका विश्वासपात्र मानिने एक जना सांसदले उनको साथ छोडेर प्रधानमन्त्री ओलीकै पक्षमा छन् । प्रधानमन्त्रीले मधेसका मुद्दा सम्बोधन गर्न थालेपछि उनी ओलीको पक्षमा उभिएका छन् ।
उपेन्द्र उपप्रधानमन्त्री हुँदा तत्कालीन समाजवादी फोरमबाट मन्त्री बनेका मोहम्मद इस्तियाक राईले यादवको साथ छोडेका हुन् । उपेन्द्रले अनावश्यक निहुँ खोज्दा ओलीले सरकारबाट हट्न बाध्य पारेका थिए । तर राई भने ओलीका प्रिय थिए । तर पार्टीले नै सरकार छोडेपछि उनी पनि बाहिरिन बाध्य भएका थिए ।
तर अब भने उनी खुला रुपमै प्रधानमन्त्रीको पक्षमा उभिएका छन् । पार्टीभित्र वार्ता अगाडि बढाइरहेको महन्थ ठाकुरको पक्षमा उभिएका छन् । उनले उपेन्द्रलाई वर्तमान नबुझ्ने र विगतमै रमाउने दम्भीको संज्ञा समेत दिएका छन् । यस्ता व्यक्तिले सबैथोक गुमाउने उनको अनुभव छ ।
राईले ट्वीटरमा लेखेका छन्, ‘Present नबुझने, Past नै सम्झेर दम्भ भएकाहरूले सबथोक गुमाउँछन् ।’ उपेन्द्रले अहिले मधेसका मुद्दा सम्बोधन भइरहेको वर्तमान देख्नु भन्दा प्रतिगमन भनेर विगत हेरेर, आफूलाई मन्त्रीबाट हट्न बाध्य पारेको विगतको इगोका आधारमा अगाडि बढ्दा उनलाई पूर्वसमाजवादीकै सांसदले छोड्दै गएका छन् । लुम्बिनी प्रदेशमा पनि ३ जना पूर्व समाजवादीकै सांसदले उपेन्द्रको लाइन त्यागेर महन्थको लाइनमा शंकर पोखरेलको क्याविनेटमा मन्त्री बनेका छन् ।यो समाचार नेपालपानामा प्रकाशित गरेको छ ।


