२ श्रावण २०८३, शनिबार

पेट्रोलियम पदार्थको मूल्य घटयो

एसीपी संवाददाता

३२ श्रावण २०८१, शुक्रबार ०९:०२ मा प्रकाशित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको जनाएको छ ।

निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ रहेकामा रु एक सय ६२ कायम भएको छ । दोस्रो वर्गका लागि प्रतिलिटर रु एक सय ६९ रहेकामा रु एक सय ६४ र तेस्रो वर्गका लागि प्रतिलिटर रु एक सय ७० रहेकामा रु एक सय ६५ कायम गरिएको छ ।

साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि रु एक सय ५५ रहेकामा रु एक सय ५२ कायम गरिएको छ । साथै दोस्रो वर्गका लागि रु एक सय ५७ रहेकामा रु एक सय ५४ र तेस्रो वर्गका लागि रु एक सय ५८ रहेकामा रु एक सय ५५ कायम गरिएको निगमले जनाएको छ ।

पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । साथै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x