८ कार्तिक २०८१, बिहीबार

प्रचण्डका नराम्रा दिन शुरु

एसीपी संवाददाता

२७ असार २०८१, बुधबार ०७:२२ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताको खेल नबुझेको टिप्पणी गरेका छन् ।
एमालेसँग सहकार्य गरेर सरकार बनाए यता प्रधानमन्त्री प्रचण्डको नराम्रो दिन सुरु भएको उनको जिकिर थियो ।

मंगलवार प्रतिनिधि सभा बैठकमा अध्यक्ष केसीले एमालेप्रति संकेत गर्दै बालकोटले प्रधानमन्त्री प्रचण्डलाई अहिलेको परिस्थितिमा र्पुयाएको बताए ।

अध्यक्ष केसीले कांग्रेस र एमाले सत्ता समीकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गरे । दुवै दलसँग आफूले लामो समयदेखि संगत गरेकाले उनीहरुले पनि मुलुकको हितमा काम गर्न नसक्ने उनले बताए ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x