प्रतिनिधिसभा विघटनसम्बन्धी सुनुवाई सकियो
प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सम्पूर्ण सुनुवाई सकिएको छ ।


मुद्दामा पक्ष र विपक्षको बहस तथा एमीकस क्युरीको राय दिने क्रम सकिएसंगै सम्पूर्ण सुनुवाई सकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सम्पूर्ण सुनुवाइ सकिएर अदालतले असार २८ गतेका लागि पेशी तोकिएको रिट दायरकर्ता अधिवक्ता कृतिनाथ शर्मा पौडेलले जानकारी दिनुभयो ।
जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध १ सय ४६ सांसदले दायर गरेको रिट निवेदनमाथि पक्ष र विपक्षका कानुन व्यवसायीको बहस र संवैधानिक इजलासले झिकाएका एमिकस क्युरीले राय दिने क्रम सकिएसंगै अव अदालतको निर्णय आउने उहाले बताउनुभयो ।
असार ९ गतेदेखि निरन्तर चलेको बसहमा रिट निवेदकका ३६ कानुन व्यवसायीले सुरुवाती बहस गरेका थिए । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलासले ३२ घण्टा समय तोकेको थियो । जसमा रिट निवेदकलाई १५ र विपक्षीलाई १५ घण्टा समय दिएको थियो । २ घण्टा एमीकस क्युरीका लागि तय गरिएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध देउवासहित १ सय ४६ जना सांसदहरू सर्वोच्च आएपछि त्यसको सुनुवाइका लागि संवैधानिक इजलास गठन भएको थियो ।
अब संवैधानिक इजलास असार २८ गते बस्छ र सम्भवतः त्यही दिन फैसला आउँछ वा फैसलाको अर्को मिति तोक्न पनि सक्छ ।
सर्वोच्चमा बहस सकिएसँगै फैसलाका सम्भावनाहरुबारे आकलन शुरु भएको छ । रिट निवेदक पक्ष, विपक्षी (सरकार पक्ष) एमिकस क्युरी (अदालतका सहयोगी) को रायका आधारमा सर्वोच्चले गर्न सक्ने व्याख्याका केही सम्भावनाहरु यस्ता देखिन्छन् ।


