२८ कार्तिक २०८३, शुक्रबार

प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगिताको उपाधि मङ्गल प्रसाद उच्च माविलाई

एसीपी संवाददाता

२६ पुष २०८०, बिहीबार ०९:२७ मा प्रकाशित

मङ्गल प्रसाद उच्च माविले प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपालगन्ज मोडेलले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो
मंगलका अजय केवट र समीर कसगरले दुई दुई तथा फरहान खानले एक विकेट लिनुभयो ।

एक सय १८ रनको विजयी लक्ष्य मङ्गल प्रसादले १७ ओभरमा ६ विकेटको नोक्सानीमा पुरा गरेको थियो । मङ्गल प्रसादका लागि प्लेयर अफ दि फाइनल फरहान शेखले २९ रन बनाउनुभयो । अबु सहिमाले २० र अजय केवटले ११ रन बनाउनुभयो ।
विजेताले ५० हजार, उपविजेताले ३० हजार र उत्कृष्ट खेलाडीले १० हजार रुपियाँ पुरस्कार पाएका हुन । प्रतियोगितामा बाँकेका १६ विद्यालयको सहभागिता रहेको थियो ।
विजेतालाई नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौर, लुम्बिनी प्रदेश सभासद् माया पुन, सन्जु चौधरी, मिना सिद्धिकी, सुशीला नेपालीलगायतले पुरस्कार प्रदान गर्नुभयो । वडा नंबर ८ का अध्यक्ष रजनीश बाजपाई र वाडा नंबर ८ का सदस्य अमन गुप्ता को उपस्थिति रहेको थियो
रजनीश बाजपाई द्वारा मङ्गल प्रसाद उच्च माविका टिमलाई बधाई दिएका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x