प्रथम चरणको आन्दोलन क्याम्पस प्रमुखको कुर्सी रुखमा झुन्डयाइएको हौ थप कडा आन्दोलन शुरु हुनेछ
नेपालगन्ज – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज परिवार सधै विद्यार्थीहरुको हक र अधिकार निम्ति निरन्तर लडदै आएको कुरा घाम जस्तो छर्लङ्गै छ ।
यसै सन्दर्भमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज परिवारले १७ गते १५ बुँदे माग सहित ७२ घण्टाको अल्टिमेटम सहित ध्यानाकर्षण पेश गरेको कुरा अवगत नै छ । यसै सन्दर्भमा हाम्रा मागहरु क्याम्पस प्रशासनले अवहेलना गरेको प्रति स्ववियु परिवार गम्भिर रुपमा दुःख व्यक्त गर्दछौं । आज हाम्रो प्रथम चरणको आन्दोलन क्याम्पस प्रमुखको कुर्सी रुखमा झुन्डयाइएको कुरा यसै विज्ञप्ती मार्फत जानकारी गराउँदछौं । आजवाट दोस्रो चरणको आन्दोलनमा प्रवेश गर्दै आजको मितिवाट १० दिन क्याम्पस प्रमुखलाई आफ्नो कार्यकक्षमा प्रवेश निषेध गरिएको कुरा समेत जानकारी गराउँदछौं । यदि हाम्रा मागहरु याथाशिघ्र पुरा नगरेकोमा थप आन्दोलनका कार्यक्रमहरु गर्न स्ववियु परिवार बाध्य हुनेछ । यसवाट विद्यार्थी लगाएत सम्पूर्णमा पर्ने असुविधा प्रति क्याम्पस प्रशासन जिम्मेवार रहनेछ । साथै पठनपाठन नियामित सञ्चालन रहनेछ ।
हाम्रो नारा विद्यार्थी एकता जिन्दावाद !
अध्यक्ष माधव खत्री , उपाध्यक्ष जीवन बहादुर शाही , सचिव हरेन्द्र बहादुर वि.क , सह-सचिव समिर थापा , कोषाध्यक्ष भरतराज बुढयापा , सदस्यहरु :- सुरेन्द्र रावल , पंकज सिजापति , टेकराज कँडेल , चिरनजीवी बुढा , सुशील बर्मा , सरस्वती बुढा मगर , महेश शर्मा , जीतेन्द्र राना , केशर जंग शाही , सुनिल बटाला , दीपेन्द्र के.सी. , विष्णु कनोजिया , सिर्जना पौडेल , भूपाल शर्मा , समिर कुमार थारु रहेको उक्त समितिले आफ्नो माङ पूरा नभएसम्म सम्झौता हुन सक्दैन भनेका हुन ।


