१२ मंसिर २०८३, शुक्रबार

प्रदेश २ मा उपेन्द्र यादव समुहलाई पछार्ने तयारी

एसीपी संवाददाता

२१ जेष्ठ २०७८, शुक्रबार ०३:२७ मा प्रकाशित

जनता समाजवादी पार्टीभित्रको विवादको असर प्रदेश नम्बर २ मा परेको छ । प्रदेश २ मा सरकार ढाल्ने प्रयास सुरु भएको छ ।मुख्यमन्त्री लालबाबु राउतलाई हटाएर मनिष सुमन मुख्यमन्त्री बन्ने प्रयासमा लागेका हुन् । सुमनलाई अगाडि बढ्न जसपा अध्यक्ष महन्थ ठाकुरले निर्देशन दिइसकेको बुझिएको छ । त्यसैले उनी प्रदेश संसदीय दलमा बहुमत बनाउन सक्रिय छन् ।प्रदेश २ को संसदीय दलका नेताबाट राउतलाई हटाएर मनिष सुमन नेता बन्न लागिपरेका छन् । जसपा प्रदेश २ को संसदीय दलको नेताको हैसियतले राउत मुख्यमन्त्री छन् ।जसपा विभाजित भइसकेको छ र औपचारिक फुटको मात्र घोषणा हुन बाँकी छ । सुमन ठाकुर पक्षमा छन् । मुख्यमन्त्री राउन उपेन्द्र यादव समूहमा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x