१२ मंसिर २०८३, शुक्रबार

प्रधानन्यायाधीशलाई हटाउन बिदेशी डलरको चलखेल , नेपाली न्यायपालिका बिदेशी हस्तक्षेप स्वीकार न हुने

एसीपी संवाददाता

२२ कार्तिक २०७८, सोमबार ००:४१ मा प्रकाशित

२२ गते कात्तिक २०७८ ।  (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै जनताको आयोग महा–अभियानले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध षड्यन्त्र गरिएको भन्दै त्यो षड्यन्त्रलाई कुनैपनि हालतमा सफल हुन नदिने स्पष्ट पारेको छ ।

महाअभियान कार्यसमितिकी अध्यक्ष तारा बरालले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सम्भव नदेखेपछि अहिले दबाब सिर्जना गरेर राजीनामा गर्न लगाएर हटाउने षड्यन्त्र भएको बताएकी हुन् ।

यस्तै उनले प्रधानन्यायाधीश जबराविरुद्ध देशभरि रहेका ९० वटा बार ईकाईले आन्दोलन गर्ने भनिएको सुनाउँदै ती बार ईकाईको खर्च विदेशीले व्यहोर्ने कुरा भएको आफुले थाहा पाएको समेत बताएकी छन् ।

उनले बेञ्च बहिष्कार गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्ने पनि माग गरिन् । उनले भनिन्,‘बेञ्च बहिष्कार गर्ने ती नयायाधीशहरु होईनन्, गद्दार हुन् । उहाँहरुले प्रधानन्यायाधीशलाई विवादस्पद भन्नुभयो, कसरी हुनुभयो प्रधानन्यायाधीश विवादित ? त्यसको प्रमाण दिनुपर्छ ।’ उनले बारका पदाधिकारीलाई जनावर भन्ने शब्द समेत प्रयोग गरिन् । उनले मानहानी भएपनि आफूले त्यसको जिम्मा लिने बताईन् ।

यस्तै उनले अब न्यायालय अवरुद्ध गर्ने र जनतालाई न्याय पाउनबाट बञ्चित गर्नेहरुलाई जहाँ भेट्यो त्यही कालो मोसो दल्ने पनि चेतावनी दिईन् । त्यतिमात्रै नभएर जे भेट्यो त्यसले हान्ने पनि उनको चेतावनी छ । उनले भने,‘त्यसरी हान्ने जनतालाई हामीले पुरस्कारको व्यवस्था गरेका छौं । अब देशलाई खिचातानीमा राख्नुहुन्न । नेपाल बारको आन्दोलनको तुक छैन् ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x