प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति आत्मआलोचना
नेपाली कांग्रेस वाग्मती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति आत्मआलोचना गर्दै फिर्ता लिनुभएको छ ।
शनिबार बसेको बागमती प्रदेशसभाको बैठकमा उहाले प्रधानमन्त्री प्रति व्यक्तिगत रिसीबि नरहेको भन्दै आत्मआलोचना गरेको बताउनुभयो ।
यसअघि शुक्रवार उहाले प्रधानमन्त्री ओलीले सत्ता बचाउन विभिन्न क्रियाकलाप गरेको भन्दै प्रदेश सभामा ’कोही नाथुराम गोड्से बन्नुपर्ने’ धारणा राख्नुभएको थियो । वचनले पनि कसैको हिंसा नहोस् भन्ने चाहने मान्छे भएको तर ओलीको खतरनाक प्रवृत्तिको विरुद्ध आफूले अभिव्यक्ति दिएको तर आवेशमा आएर ती शब्दहरु बोलेको तर्क गर्नुभयो ।
वैद्यले आफूले बोलेको कुरा कुटनीतिक संसदीय मर्यादा विपरित रहेको समेत स्वीकार गर्नुभयो । बैद्यले प्रदेशसभा बैठकमा आत्मआलोचना गरेपछि सभामुख सानुकुमार श्रेष्ठले वैद्यको धारणा रेकर्डबाट हटाउन आदेश दिनुभएको थियो ।