३१ जेष्ठ २०८१, बिहीबार

प्रधानमन्त्री केपी ओलीले भने पार्टीका अध्यक्ष प्रचण्डले नै यत्रो रडाको मच्चाएको छन्

एसीपी संवाददाता

१५ फाल्गुन २०७६, बिहीबार ११:३६ मा प्रकाशित

फागुन १५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा यतिबेला वामदेव गौतम र राष्ट्रिय सभाको एउटा पदको निकै ठुलो रडाको मच्चिएको छ।
सचिवालय बैठक बसेर टुंग्याएको बिषयबाट प्रधानमन्त्री ओली एकाए ब्याक भएपछि केहि खतराका सङ्केतहरू पनि जन्मिएका छन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै यत्रो रडाको मच्चाएको निष्कर्ष निकालेका छन ।
ओलीले देशका केहि अपारदर्शी व्यापारीहरूको चंगुलमा फसेर प्रचण्डले नै यो षड्यन्त्र गरेको आफू निकट नेताहरूलाई बताएका छन् । त्यतिमात्र होइन प्रचण्ड नै सरकारबिरुद्ध लागेको उनको आरोप छ ।
प्रधानमन्त्री ओलीले केहिदिन अगाडी गृहजिल्ला पुगेर सरकार ढाल्ने षड्यन्त्र भैरहेको बताएका थिए ।
पार्टीका नेता माधव नेपाल र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई बालुवाटार बोलाएर व्यापारी घरानाहरूले सरकारविरुद्ध षड्यन्त्र गरिरहेको र प्रचण्ड त्यसैको षड्यन्त्र पुरा गर्न लागिपरेको आरोप लगाएको स्रोतले बताएको छ । यसअघि बुधबार बसेको पार्टी सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने र संविधान संशोधनका लागि गठित कार्यदल विघटन गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओलीले सचिवालयका केही नेताहरू अलग्गै भेला बसेर व्यापारीकै स्वार्थपूर्ति गर्न लागेको भन्दै असन्तोष प्रकट गरेको स्रोतको भनाइ छ ।
देशका केहि ठुला व्यापारीहरूले बनाएको डिजाइन अनुसार सरकार गिराउने खेल भैरहेको बालुवाटारको निष्कर्ष छ । स्रोतका अनुसार उनीहरूको इच्छा पूरा हुनेगरी सचिवालयका नेताहरू नै लाग्नु भनेको निकै दुखद भएको छ । सचिवालय निर्णयको केही समयपछि प्रधानमन्त्री ओलीले नेता नेपाललाई बालुवाटार बोलाएका थिए । बालुवाटारको भेटमा प्रचण्डको पछिल्लो गतिविधि पार्टीको हित विपरीत रहेको भन्दै असन्तोष प्रकट गरेको स्रोतको दाबी छ ।
ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई रोक्ने गरी गौतमलाई राष्ट्रियसभामा लैजान सकिँदैन भनेर नेताद्वयलाई अवगत गराएको स्रोतको दाबी छ ।
जवाफमा नेता नेपालले सचिवालयले निर्णय गरिसकेकाले कार्यान्वयनको विकल्प नरहेको बताएका थिए ।सभार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x