१२ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदिको टेलीफोन वार्ता खोप उपलब्ध गराउने सहमति

एसीपी संवाददाता

४ श्रावण २०७८, सोमबार ०९:५६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

सोमबार बिहान भएको टेलिफोन वार्तामा मोदीले देउवालाई बधाई दिनुभएको छ । वार्तामा दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालये जनाएको छ ।

टेलिफोन कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई चाँडै नै कोभिडविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिनुभएको परराष्ट्र मन्त्रायलकी प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिनुभयो ।

भारतको सेरम इन्स्टिच्यूटलाई १० लाख डोज खोपको भुक्तानी भइसके पनि खोप अझै उपलब्ध हुन सकेको छैन । भुक्तानी भएको ४ महिना बित्दासमेत भारतले खोप नदिएको हो । इमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x