१२ मंसिर २०८३, शुक्रबार

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो प्रमुख एसएसपी दिलिप चौधरी माथि अन्याय

एसीपी संवाददाता

९ असार २०७८, बुधबार १३:१७ मा प्रकाशित

नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो प्रमुख एसएसपी दिलिप चौधरीले आफुमाथि अन्याय भएको बताउनुभएको छ ।

लागुऔषध नियन्त्रण व्यूरोले मिति २०७७ बैशाख १७ देखि २०७८ असार ९ गतेसम्म गरेका महत्वपूर्ण उपलब्धीहरु बुधबार सार्वजनिक गर्दै आफुलाई अन्याय भएको बताउनुभएको हो । उहाले आफु एसपी हुँदा १ नम्बरमा भए पनि डिआइजी हुनबाट संगठन र राज्यले बञ्चित गराएको आरोप लगाउनुभयो ।  चौधरीले आफ्नो बढुवा माथिल्लो निकायबाटै रोकिएको बताउदै २०७४ मा भएको निर्वानको कुरालाई लिएर विभेद गरेको आफुले जानकारी पाएको बताउनुभयो । उहाले निर्वाचनमा आफुले कसैलाई काखा र पाखा नगरेको जिकिर गर्दै नखाएको विष लागेको तर्क गर्नुभयो ।

एसएसपी चौधरीले आफु लागुऔषध ब्यूरो प्रमुख भएदेखि गरेका कार्यहरुको वर्णन गर्नुभएको थियो । उहाले विभिन्न मितिमा भएका सफल कार्यहरुलालाई पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो । गत तीन पर्षको अनुपातमा लागुऔषध सम्बन्धी मुद्दामा कमि आएको उहाले जानकारी दिनुभयो । उहाले यो वर्ष ६५ वटा मुद्दा दर्ता भएको बताउदै पक्राउ पर्नेमा पुरुषको संख्या बढेको र महिलाको संख्या घटेको उल्लेख गर्नुभयो । उहाले गाजाँ बरामदको संख्या घटेको भए पनि खैरो हिरोइनको संख्या बढेको बताउनुभयो ।

उहाले नेपाल भरी लागू औषध सम्बन्धी मुद्दा दर्ता संख्या ३० हजार ९ सय ७३ रहेको र लागू औषधको ब्यूरोले मात्रै दर्ता गरेको मुद्दा ३ सय ५० वटा रहेको जानकारी दिनुभयो । व्यूरो प्रमुख चौधरीले नेपाल प्रहरीको ५५ वर्षे उमेर हदका कारण बुधबार नै अवकास पाउनुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x