प्रहरीको हत्यमा पाकिस्तानी मिलिसियाको संलग्नता
एजेन्सी । इस्लामावाद । उत्तरी काश्मिरको बारामुला जिल्लाका दुई नगर काउन्सिलर र एक प्रहरीको हत्यमा पाकिस्तानी मिलिसियाको संलग्नता रहेको पाइएको छ । मार्च २९ मा सापोरमा उनीहरुको हत्या भएको थियो । सुरक्षाकर्मीसँगको भिडन्तमा उनीहरु मारिएको बताइएको हो ।
भिडन्तका क्रममा दुई पाकिस्तानी मिलिसियासमेत मारिएका छन् । नाथीपोरा सापोरबाट ५५ किमीको दूरीमा उक्त भिडन्त भएको थियो । पाकिस्तानी मिलिसियाहरुले आक्रमणको तयारी गरिरहेको सूचना आधारमा सुरक्षा फौजले संयुक्त अप्रेसन सुरु गरेको थियो ।
उक्त अप्रेसनका क्रममा केही मिलिसियाहरुलाई सुरक्षा फौजले नियन्त्रणमा समेत लिएको छ । उनीहरुले ठूलो आक्रमण गराउने योजना र आतंकवादलाई थप बल पुग्ने गरि आफ्ना गतिविधिहरु सञ्चालनको तयारीस्वरुप काश्मीरको सापोरमा प्रवेश गरेको पाइएको हो ।
सुरक्षा फौजले यसलाई आफ्नो सफलताको रुपमा लिएको छ । प्रहरी र सेनाको संयुक्त अप्रेसनलाई थप सशक्त बनाउँदै अघि बढाइएको छ । स्लाइन पाकिस्तानी मिलिसियाको हमाल असरार सारिया र लस्कर इ तैयबाका प्यक्तिहरु संलग्न भएको पाइएको हो ।
भारत सरकारले सन् २०१९ को अग्स्त ५ मा जम्मु काश्मीरलाई केन्द्र प्रशासित राज्यको रुपमा पहिचान गरेसँगै आतंकवादी गतिविधिहरुमा निकै कमी आएको छ । यहाँ शान्ति, स्थायीत्व र विकासका गतिविधिहरुलाई पनि निकै तीव्रताका साथ अघि बढाइएको छ ।


