१० कार्तिक २०८१, शनिबार

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा ध्यान शिविर सम्पन्न

एसीपी संवाददाता

२ असार २०८१, शनिबार २०:०९ मा प्रकाशित

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा नेपाल विपश्यना केन्द्र बुढानिलकण्ठमा संचालित १० दिवसीय विपश्यना ध्यान शिविर शनिबार सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरको उक्त केन्द्रको अवलोकन समेत गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षकहरूलाई प्रहरी आधारभूत तालिम पश्‍चात आध्यात्मिक चिन्तन मनन गर्ने अवसर प्रदान गराई उपलब्ध सेवा सुविधाहरू समेत उपभोग गर्ने वातावरण बनाई दिएकोमा नेपाल विपश्यना केन्द्र एवम् प्रहरी प्रतिष्ठानलाई धन्यवाद दिँदै नेपाल प्रहरीका भविष्यका कर्णधारका रूपमा रहेका प्रहरी निरीक्षकहरूलाई जागिरे जीवनमा मात्र नभई व्यक्तिगत जीवनमा समेत प्रत्यक्ष रूपमा लाभान्वित पुग्ने बताउनुभयो । साथै ध्यान शिविरमा सहभागी प्रहरी निरीक्षकहरू आगामी दिनका लागि पुनर्जाग्रित हुन सफल भएको विश्‍वास उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको जीवनशैली अत्यन्त द्रुत, व्यस्त र चुनौतिपूर्ण रहेको उल्लेख गर्दै विभिन्न कठिनाईहरूको सामना गर्नु अगाडि आत्म चिन्तन, आत्म अनुभूति र तनावमुक्त हुन पाउनु एउटा अमूल्य अवसर रहेको बताउनुभयो । जीवनमा आई पर्ने विभिन्न बिध्न बाधा, कठिनाइ, चुनौतिले धेरै उदास नहुने र प्राप्त हुने हर्ष उल्लासले वास्तविकता नबिर्सने ज्ञान र सीप प्राप्त गर्न समेत यो शिविरले मद्दत पुर्‍याएको उहाँले बताउनुभयो । शिविरमा सहभागी भएका प्रहरी निरीक्षकहरूले सधै विवेकशील र व्यावसायिक ढंगले आफ्नो कर्तव्य पालान गर्ने र नेपाल प्रहरीको उज्जवल भविष्यको रूपमा आफूलाई साबित समेत गर्ने विश्‍वास लिएको उहाँले बताउनुभयो ।

अवकाश प्राप्त प्रहरी महानिरीक्षक कुवेर सिंह रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य डा.रूप ज्योतीले ध्यान शिविरको महत्वबारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको समन्वयमा जेठ २२ गतेदेखि संचालित उक्त शिविरमा हालै दीक्षित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं समूहका १ सय ४६ जना प्रहरी निरीक्षकहरूको सहभागिता रहेको थियो ।

विपश्यना ध्यान शिविर समापन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल विपश्यना केन्द्रका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x