१२ मंसिर २०८३, शुक्रबार

फागुन ७ गते प्रजातान्त्र दिवस

एसीपी संवाददाता

७ फाल्गुन २०८०, सोमबार ०८:१५ मा प्रकाशित

आज बाट नेपाली काङ्ग्रेसको महासमिति बैठक शुरु हुदै छ ।

नेपालमा २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते प्रजातान्त्र मनाइन्छ। 
२००७ फागुन १ गते तदनुसार १२ फेब्रुअरी १९५१ तारिखका दिन दिल्लीमा सम्झौता राणा , नेपाली कांग्रेस र राजा त्रिभुवनको बीच दिल्लीमा त्रिपक्षीय (मौखिक) सम्झौता थियो। फाल्गुन ७ गते त्यसपछि प्रजातन्त्रको उदय नेपालमा भयो। प्रजातान्त्रको मुख्य भुमिका बिपि कोईरालाको रहेको थियोे । १०४ बर्ष जहाँनिया राणाको अन्त भयो । नेपालमा प्रजातान्त्रिक निर्वाचनको शुरुआत गराउने नेपाली काङ्ग्रेस का संस्थापक नेताका रूपमा बिपि सम्झिने गरिन्छ । जहाँनिया शासन को अन्त राजा त्रिभुवनलाई राज गद्दीमा बासालियो । ई सबै दिल्ली भारतको राजधानी भएको र भारत उति कम्जोर अवस्था रहेको नेपाल बाट कुनै पनि फायदा न लिई नेपालमा प्रजातत्र बहाल गराएको हो ।

फागुन ७, २०८०
प्रजातन्त्र दिवसको
शुभकामना

फागुन ७ गते नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा म समस्त नेपाली दिदिबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२००७ को कात्र्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जन–क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको थियो । राजनैतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको थियो । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश ग¥यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण ग¥यो ।

समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२÷६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्र सम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्तिनै हो ।

नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न प्रजातन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

देशमा लोकतन्त्र स्थापना र पुनस्र्थापनाको लामो संघर्षमा हाम्रा अनेकौं सपुतहरुले आफूलाई उत्सर्ग गरेका छन् । यो ऐतिहासिक दिनमा म ती सम्पूर्ण शहीदहरुको त्याग र वलिदानको स्मरण गर्दछु र उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछु ।

जय नेपाल !
शेरबहादुर देउवा
सभापति 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x