“फिल्मी हीरो होइन, श्रीराम–श्रीकृष्ण हाम्रा साँचो नायक!” : संजय हिन्दूको चेतावनी
डुडुवा १ (नयाबस्ती), पाैष १६ – अयोध्यामा श्रीराम मन्दिर उद्घाटनको पावन अवसरमा डुडुवा गाउँपालिका वडा नं. १, नयाबस्तीमा हिंदूवादी युवा संजय हिंदू काे नेतृत्व मा आयोजित प्रसाद वितरण कार्यक्रममा हिन्दू समाजलाई सम्बोधन गर्दै Hindu Activist तथा उक्त कार्यक्रम काे प्रमुख वक्ता रहेका संजय हिन्दूले समाजको वर्तमान अवस्थाप्रति कडा चेतावनी दिएका छन्।
संजय हिन्दूले भने कि आजको हिन्दू समाज पछाडि परिरहको मुख्य कारण भनेको हिंदू समाजले आफ्ना बालबालिकालाई गलत नायक देखाउनु हो। उनले स्पष्ट पारे,
“हाम्रा बच्चाहरू फिल्मी नायकलाई नै आदर्श मान्छन्। फिल्मी नायकहरू नशा, अश्लीलता र भटकाव फैलाउने मात्र हुन्। हाम्रो समाजका साँचो हीरो मर्यादा पुरुषोत्तम भगवान श्रीराम र योगेश्वर भगवान श्रीकृष्ण हुन्।”
कार्यक्रममा भाषण गर्दै संजय हिन्दूले हिन्दू समाजका अभिभावकहरूलाई विशेष अपिल गरे,
“सबैले आफ्ना बच्चालाई अनिवार्य धार्मिक शिक्षा दिनुपर्छ। धर्म बिना समाजको पतन निश्चित छ। यदि हामीले आजका बच्चामा सही संस्कार, सही आदर्श जगाउँदैनौं भने हाम्रो समाज कमजोर हुँदै जान्छ।”
संजय हिन्दूले श्रीराम मन्दिर उद्घाटनको यस अवसरलाई हिन्दू समाजको गौरव र आत्मजागरणको ऐतिहासिक क्षणको रूपमा व्याख्या गरे।
कार्यक्रमको अन्त्यमा संजय हिन्दूको नेतृत्वमा श्रद्धालुहरूलाई प्रसाद वितरण गरिएको थियो। सम्पूर्ण वातावरण “जय श्रीराम”का नाराले भक्तिमय बनेको थियो।


