११ भाद्र २०८३, बिहीबार

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

एसीपी संवाददाता

६ पुष २०८२, आईतवार २०:२४ मा प्रकाशित

काठमाडौं ६ पुस – बंगलादेशमा जिहादी आतङ्ककारी समूहद्वारा हिन्दू युवा दीपू चन्द्र दासको हत्या गरिएको घटनाप्रति राष्ट्रिय एकता दलले घोर निन्दा गरेको छ। दलले उक्त घटनालाई अमानवीय, क्रूर र निन्दनीय भन्दै गहिरो दुःख तथा आक्रोश व्यक्त गरेको छ।

राष्ट्रिय एकता दलद्वारा जारी विज्ञप्तिमा बंगलादेश सरकार अल्पसंख्यक समुदायको सुरक्षा गर्न असफल भएको आरोप लगाइएको छ। विज्ञप्तिमा बंगलादेशमा हिन्दू तथा अन्य अल्पसंख्यकमाथि निरन्तर भइरहेको हिंसा, धम्की र हत्याप्रति सरकारको कमजोरी गम्भीर र चिन्ताजनक भएको उल्लेख गरिएको छ।

दलले घटनामा संलग्न सबै दोषीलाई अविलम्ब पक्राउ गरी कडा कारबाही गर्न, बंगलादेशमा बसोबास गर्ने अल्पसंख्यक समुदायको जीवन, सम्पत्ति र धार्मिक स्वतन्त्रताको सुनिश्चितता गर्न तथा आतङ्कवाद र कट्टरपन्थी शक्तिविरुद्ध कठोर कदम चाल्न सरकारसँग माग गरेको छ।

यसैगरी राष्ट्रिय एकता दलले बंगलादेशमा लोकतन्त्र पुनःस्थापनाका लागि समयमै स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन आवश्यक रहेको जनाएको छ। जननिर्वाचित सरकार बिना मानव अधिकार, अल्पसंख्यक सुरक्षा र स्थायित्व सम्भव नहुने दलको ठहर छ।

अन्त्यमा, राष्ट्रिय एकता दलले अन्तर्राष्ट्रिय समुदाय, मानव अधिकार संस्था तथा छिमेकी राष्ट्रहरूलाई बंगलादेशमा शान्ति, लोकतन्त्र र अल्पसंख्यक सुरक्षाका लागि प्रभावकारी पहल गर्न आग्रह गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x