१२ मंसिर २०८०, मंगलवार

बढैयाताल गाउँपालिमा श्री भवानी माविका ३५ जना बौद्धिक अपागंता भएका बिद्यार्थीलाई न्यानो कपडा र खेलकुद सामाग्री हस्तान्तरण

एसीपी संवाददाता

१६ पुष २०७६, बुधबार ०९:०४ मा प्रकाशित



पुस / बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ३ मा अवस्थित श्री भवानी माध्यामिक विद्यालयका ३५ जना बौद्धिक अपागंता भएका बिद्यार्थीलाई न्यानो कपडा र खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । सो विद्यालयमा २२ छात्र र १३ छात्रा गरि जम्माा ३५ जना बौद्धिक अपागंता भएका बिद्यार्थी अध्ययनरत रहेका छन् । जसमा ३५ थान ज्याकेट र खेलकुद सामाग्री गरि करिव ५० हजार रुपैयाँ बराबरको सहयोग गरिएको छ । वडा नम्बर ३ पुष्पनगरका समाजसेवी कुल बहादुर बिक र बढैयाताल गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रकला बिकको पहलमा रामदुत स्टेशनरी जिल्ला प्रशासन कार्यालय अगाडि नेपालगंजका संञ्चालक समाजसेवी नरेश कुमार अग्रवालले सहयोग उपलब्ध गराएका हुन् । एक औपचारिक कार्यक्रमको बीच नेपालगन्ज उद्योग बाणिज्य संघ, बाँकेका अध्यक्ष नन्दलाल वैश्य, वडा नं.३ का वडा अध्यक्ष दुर्गा प्रसाद पराजुली, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर केसी, क्युपेका पदम बुढामगर र मानझुण्डी वनका अध्यक्ष सुशिल बस्यालको उपस्थितीमा न्यानो कपडा र खेलकुद सामाग्री वितरण गरिएको छ । सो राहत वितरणमा बोल्नुहुदै नेपालगन्ज उद्योग बाणिज्य संघ, बाँकेका अध्यक्ष नन्दलाल वैश्यले आफुले पनि सो विद्यालयमा २ वटा रुम हिटर सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । आगामी दिनहरुमा पनि सो आफनो जन्मथलोमा सामाजिक कार्यहरु गर्ने समाजसेवी विकले बताए । सो विद्यालयमा बौदिक अपागं विद्यार्थीहरुले न्यानो कपडा र खेलकुद सामाग्री पाएपछि विद्यार्थी सगैं सम्पुर्ण विद्यालय परिवार तथा स्थानीयवासीहरु खुसी भएको कुल बहादुर विकले बताए । रामदुत स्टेशनरी नेपालगंजका संञ्चालक समाजसेवी नरेश कुमार अग्रवालले बौद्धिक अपागंता भएका बिद्यार्थी शिक्षाबाट वन्चित नहुन् भनी बौद्धिक अपागंता भएका विद्यार्थीहरुलाई सहयोग गरिएको बताए । विद्यालयलाई सहयोग गरेको भन्दै समाजसेवी अग्रवाललाई सम्मान गरिएको प्राधानाध्यापक धर्मप्रसाद शर्माले जानकारी दिनुभयो ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x