बलोचिस्तानमा प्रान्तीय मुख्यमन्त्री प्रतिस्थापन गर्नुपर्ने माग
क्वेटा – पाकिस्तानको बलोचिस्तान प्रान्तमा बलोचिस्तान अवामी पार्टी (बीएपी) र पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआइ) दलहरुले प्रान्तीय मुख्यमन्त्री प्रतिस्थापन गर्नुपर्र्ने माग गरेका छन् ।
बलोचिस्तान प्रान्तीय मुख्यमन्त्री जम कमल खानको कामप्रति असन्तुष्टि जनाउँदै प्रान्तीय विधानसभामा बीएपी र पीटीआई दलका सदस्यहरुले उनलाई प्रतिस्थापन गर्नुपर्ने माग गरेका छन् ।
केही समयअघि, प्रधानमन्त्री इमरान खान बलोचिस्तान भ्रमणमा पुगेको बेला उनको दल पीटीआई का प्रान्तीय विधानसभा सदस्यहरुले मुख्यमन्त्री कमल खान बिरुद्ध असन्तुष्ट व्याक्त गरेका थिए ।
मुख्यमन्त्री कमल खानले प्रान्तमा पीटीआइ दललाई निशाना बनाउने गरेको पीटीआइ दलका सदसयहरुले प्रधानमन्त्री खान समक्ष गुनासो गरेका थिए ।
यधपी मुख्यमन्त्री कमल खान बीएपी दलकै भएपनि आफ्नै दल सदस्यहरुपनि पनि उनीसँग असन्तुष्ट रहेका छन् । बीएपी दल सदस्यहरुले कमल खान बाहेक मुख्यमन्त्रीमा बीएपीकै अन्य कुनैपनि सदस्य हुनुपर्ने माग गरेका छन् ।
बीएपी सदस्यहरुले प्रान्तीय विधानसभाका प्रवक्ता कुदुस बिजेन्जो लाई मुख्यमन्त्री नियुक्त गर्न सकिने बताएका छन् । स्रोत लोकमत


