१२ मंसिर २०८३, शुक्रबार
बाँकेमा कोरोना पुष्टि ३१ जनामा , कोहलपुरका मात्रै २५
बाँकेका थप ३१ जनामा कोरोना पुष्टि भएको छ । यी मध्ये कोहलपुरका मात्रै २५ जना छन् । आज १५ जना डिष्चार्ज भएका छन् । यहाँका तीन वटा प्रयोगशालामा गरिएको बाहिरी जिल्लाका समेत गरी २५९ नमुना परिक्षणमा बाँकेका ३१ जनासहित ६० जनामा कोरोना पुष्टि भएको छ ।
कोरोनाबाट थप मृत्यु भएको छैन । भेरी अस्पतालमा ५२, मेडिकलमा कलेज कोहलपुरमा ५ जना र बागेश्वरी ल्याबमा ३ कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो । हालसम्म बाँकेमा १७ हजार ८ सय ६७ जना संक्रमित भएका छन् ।
ती मध्ये १७ हजार ४ सय ११ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय २५ जनाको मृत्यु भएको छ । जिल्लामा १७४ जना सक्रिय संक्रमित रहँदा ५६ जना अस्पताल र आइसोलेसनमा छन् भने १५९ जना होम आइसोलेसनमा छन् ।
Subscribe
Login
0 Comments


