१२ मंसिर २०८३, शुक्रबार

बाँकेमा ७ सम्म थपियो लकडाउन , बजार खुल्ने समय २ बजे सम्म

एसीपी संवाददाता

१ असार २०७८, मंगलवार ०१:१९ मा प्रकाशित

नेपालमा कोरोना महामारी शुरु भए देखि सबै भन्दा बढी प्रभावित बनेको बाकेको नेपालगन्ज रहेकोले अहिले बिस्तारै खुकुलो बनाउदै गएका छन् । सोमबार भएको बैठकले बाकेमा बिस्तारै बजार खुकुलो बनाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना संक्रमणको जोखिमका कारण बैशाख ९ देखि नेपालगन्ज र १३ गतेदेखि जारी गरेको निषेधाज्ञा खुकुलो बनाएको हो । सोमबार राती १२ बजेबाट निषेधाज्ञाका समय सकिंदै थियो ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मंगलबारदेखि जारी हुने गरी अर्को सूचना जारी गर्दै गरेका छन ।

प्रजिअ गेलालले जारी गरेको आदेश असार १ देखि ७ गतेसम्मका लागू रहने बताएको हो । जसमा दैनिक उपभोग्य बाहेकका पसल सञ्चालनको अनुमति भने दिइएको छैन । यद्यपि, अहिले पनि दिउंसो १२ बजेसम्म सबै खालका पसल सञ्चालनमा आएका छन् । सार्वजनिक यातायात सञ्चालनको अनुमति दिइएको छैन । अब खाद्यान्न पसल विहान ७ देखि २ बजेसम्म सञ्चालनको अनुमति दिइएको छ । अहिलेसम्म १२ बजेसम्म समय तोकिएको थियो । जसको समय सीमा बढाइएको हो ।
बाँके जिल्लामा अत्यावश्यक बाहेकका सवारी प्रवेशमा रोकलाई यथावत राखिएको छ । यसै बिच सिमानाकामा भारतबाट नेपाल फर्किने नेपाली आउने क्रम जारी रहेको छ । उनिहरुको पिसिआर चेक्जाच गरि घर पठाउने गरेको बताईएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x