१२ मंसिर २०८३, शुक्रबार

बाँके प्रहरीद्वारा तस्करी गरि ल्याईदै गरिएको ९ सय थान मोबाइल बरामद

एसीपी संवाददाता

३१ आश्विन २०७८, आईतवार १७:३७ मा प्रकाशित

३१ गते असोज २०७८ आइतबार । बाँके प्रहरीले तस्करीविरुद्धको अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाँकेले तस्करी गरेर ल्याइदै गरिएको धेरै ठुलो परिमाणमा मोबाइल सेट बरामद गरेको छ।  
जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी सहायक निरीक्षक बिबेक अधिकारी र इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टको तस्करी निस्तेज अभियान अन्तर्गत गरिएको संयुक्त अपरेशनको टोलीले ९ सय थान मोबाइल सेट बरामद गरेको हो ।
प्रहरी सहायक निरीक्षक अधिकारी र नायब निरीक्षक बिष्टको टोलीले भारतबाट भन्सार छली गरेर मोबाइल नेपालगन्ज भित्रिएको भन्ने बिशेष सूचनाका आधारमा  नेपालगन्ज १५  जमुनाह गाउँबाट ६ लाख ३० हजार रुपैयाँ बराबरका  ९ सय थान आइटेलको की प्याड मोबाइल सेट बरामद गरेको हो ।
तस्करी निस्तेज अभियान अन्तर्गत असोज २७ गते बरामद गरिएका ९ सय थान मोबाइल सेटलाई बिजया दशमीको सार्वजनिक बिदाका कारण आइतबार मात्रै आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको छ । बाँके प्रहरीले तस्करीविरुद्ध अपरेशन चलाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x