१२ आश्विन २०८३, सोमबार

बाङ्लादेशमा राष्ट्रव्यापी कडा लकडाउन

एसीपी संवाददाता

१४ असार २०७८, सोमबार ०३:५१ मा प्रकाशित

बाङ्लादेशमा राष्ट्रव्यापी कडा लकडाउन सुरु हुनै लागेका बेला राजधानी ढाकाबाट बाहिरिन विभिन्न टर्मिनलहरूमा मानिसहरूको ठूलो भिड जम्मा भएको छ।

सोमवारदेखि सात दिनसम्म बाङ्लादेशमा आपत् नपरेसम्म कसैलाई पनि घर छोड्ने अनुमति नदिइने बताइएको छ।

त्यसैकारण मानिसहरू व्यस्त ढाका शहर छोडेर विभिन्न अन्य शहर र गाउँमा रहेका आफ्ना घर जान हतार गरिरहेका छन्।

अहिले बाङ्लादेशमा कोभिड हुनेको सङ्ख्या बढेको छ र धेरै जनामा भारतमा पहिलोपटक देखा परेको डेल्टा भेरिअन्ट भएको बताइएको छ।

बाङ्लादेशमा पछिल्लो लहर करिब छ हप्ता अगाडि सुरु भएको हो।

१५ मे मा त्यहाँ २६१ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो र २२ जनाको मृत्यु भएको थियो।

शुक्रवार त्यहाँ ५,८६९ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने १०८ जनाको मृत्यु भएको थियो।

शुक्रवारको तथ्याङ्क कोरोनाभाइरस महामारी सुरु भए यताकै बाङ्लादेशको दोस्रो उच्च मृत्यु सङ्ख्या हो।
धेरै अस्पतालमा बिरामीहरू भरिभराउ छन् र खासगरी भारतसँग सीमा जोडिएका अस्पतालहरूमा झन् बढी समस्या भएको छ।

के उपाय चालिएको छ?
सङ्क्रमण सङ्ख्या तीव्र रूपमा बढेपछि रेल र बस सेवाहरू यस अघि नै बन्द गरिएका छन्।आपत्कालीन सेवा मात्र चालु छन्। बिबिसी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x