बाढी पीडितलाई तत्काल राहत दिने प्रधानमन्त्री देउवाको घोषणा
६ गते कार्तिक २०७८ । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको राजापुरमा बाढीपीडित क्षेत्रको शुक्रबार अवलोकन गरेका छन् । अहिले प्रधानमन्त्री देउवा पश्चिमाञ्चलका बाढीपहिरोबाट समस्यामा परेका पीडितहरुको बुझ्न आउनु भएको हो ।
सो क्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितलाई क्षति भएको आधारमा राहत उपलब्ध गराउने बताए ।
स्थानीय सरकारलाई तत्काल पीडितको क्षतिको विवरण सङ्कलन गरेर उपलब्ध गराउन उनले निर्देशन दिए ।
प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आलेलगायत सहभागी थिए ।
कर्णाली नदीमा आएको बाढीका कारण राजापुर नगरपालिकाको एक हजार २८४ घर धुरी डुबानमा परेको थियो त्यस्तै गेरुवा गाउँपालिकाको २१० घरधुरी डुबानमा परेका थिए । केही दिन अघि आएको बाढीले कर्णाली , महाकाली , राप्ती नदिमा आएको बाढी थुप्रै घरहरु बगेका छ्न । अहिले तत्काल यश एक्सन लिने तयारी रहेको प्रधानमन्त्रीको श्रोतले जनाएको छ ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले प्राकृतिक वि’प’त्तिका बेला राजनीतिभन्दा माथि उठेर पीडित जनताको उद्धार र राहतको काममा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।



उनले जनतालाई कोरोनाविरुद्धको थप खोपको व्यवस्थापन भइरहेको पनि बताए । प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले विपत्तिको बेला जनतालाई व्यवस्थित र सही ढङ्गले राहत उपलब्ध गराउनुपर्ने बताए ।



