१७ आश्विन २०८३, शनिबार

बाबर अजामलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ‘प्लेयर अफ दि मन्थ’ को अवार्ड

एसीपी संवाददाता

२८ बैशाख २०७८, मंगलवार ०३:४१ मा प्रकाशित

पाकिस्तानका बाबर अजामले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ‘प्लेयर अफ दि मन्थ’ को अवार्ड जितेका छन्। 

बाबरले आफ्नै देशका फखर जमान र नेपालका कुशल भुर्तेललाई पछि पार्दै अवार्ड जितेका हुन्। 

अवार्ड आइसिसीको वेभ पोर्टलमा आएको समर्थकको भोट र आइसिसी भोटिङ एकेडेमीको आधारमा घोषित गरिएको हो। 

आइसिसी भोटिङ एकेडेमीमा आइसिसीका १२ वटा स्थायी सदस्यका २-२ प्रतिनिधि र २ जना अन्य प्रतिनिधि गरी २६ जना रहेका छन्। 

यसअघि आइसिसीले अप्रिल महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा नेपालका कुशलसँगै पाकिस्तानका बाबर र फखरको नाम सार्वजनिक गरेको थियो। 

फखरले गत महिना तीन एकदिवसीय खेल खेल्दा २ शतकसहित ३०२ रन प्रहार गरेका थिए। यस्तै बाबरले एकदिवसीय खेलमा २२८ रन र टी-२० मा ३०५ रन प्रहार गरेका थिए।  

कुशलले अप्रिलमा घरेलु मैदानमा भएको त्रिकोणात्मक टी-२० सिरिजमार्फत टी-२० मा डेब्यू गरेका थिए।

नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको सिरिजमा उनले पाँच खेलमा चार अर्धशकत प्रहार गरेका थिए। उनले पाँच खेलमा २७८ रन प्रहार गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x