१२ मंसिर २०८३, शुक्रबार

बालुवाटारमा प्रधानमन्त्री देउवाको निर्देशनमा नेताहरुको बैठक छिटो मन्त्रीपरिषद बिस्तार हुने

एसीपी संवाददाता

६ आश्विन २०७८, बुधबार १३:५४ मा प्रकाशित

६ गते असोज २०७८ बुधबार । लामो समयदेखि सरकार गठन नर्ग नसकेको आलोचना भइहेका बेला मन्त्रिपरिषद् विस्तारको व्यापक तयारी भइरहेको छ । सत्ता साझेदार गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले बालुवाटारमा छलफल जारी गरिरहेको हो ।

बुधबार साँझ साढे पाँच बजे सुरु भएको बैंठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायत उपस्थित छन् ।

यसअघि डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भइसकेको छ । आजको बैठकले बाँकी मन्त्रीको टुंगो लगाउन सक्ने बताइएको छ । आलोचना खेपिरहेको देउवा सरकारका लागि यो शुभसंकेतका रुपमा हेर्न थालिएको छ । हाल १६ मन्त्रालय प्रधानमन्त्री देउवा आफैंले सम्हालिरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x