बालेन- रविको बार्ता सकियो, मिलेन कुरा !
बालेन शाहसँगको वार्ता पश्चात निस्किए राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ।
काठमाडौं महानगरमा मेयर बालेन्द्र साहले आफ्नो छुट्टै पार्टी खोल्ने तयारी गरेका छन । उनले आफ्नो पार्टी नखोले पनि कुलमान घिसिङको पार्टीमा आवद्ध भएर अगाडि बढ्ने पनि तयारी गरेका छन । यता रास्वपा सभापति रवि लामिछाले बालेन भित्र्याउन अनेक प्रयास गरिरहेका छन । बालेनले रविको सहकारी ठगी, सम्पत्ति शुद्धिकरण, संगठित अपराध जस्ता गम्भीर फौजदारी अभियोगबाट अन्तिम फैसला भएर क्लिनचिट नपाएसम्म सहकार्य नहुने अडान राखेका छन । रविले सभापति र आगामी प्रधानमन्त्री को उम्मेदवार त्यागे सहकार्य हुने बालेनको स्पष्ट भनाइ छ । रवि महिनैपिच्छे ५ जिल्ला अदालतमा तारेख धाइरहनुपर्ने र ति जिल्ला बढी जनघनत्व भएको जिल्ला भएकाले रविको अनुहार देखाएर गए चुनावमा एक सिट पनि नआउने आँकलन छ । यता सुदन गुरुङ समूहले बालेन र रवि एक्लाएक्लै वार्ता गरिरहेका बेला कुरा नमिलेर उठ्न खोज्दा बाहिरबाट ढोकामा ताल्चा लगाएर थुनिदिएका थिए ।


