बेहनाले गरे भेरी अस्पताललाई सहयोग
नेपालगन्ज । नेपालगन्जमा कोरोना संक्रमण बढ्दै जादा भेरी अस्पतालमा अक्सिजनको अभाब भएको छ । अक्सिजनको अभाब हुन नदिन नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले भेरी अस्पतालको कोरोना वार्डलाई २०० वटा अक्सिजन सिलिन्डरको लागि २ लाख रुपैयाँ सहयोग गरेका छन् ।
यसअघिको २०७६ र २०७७ सालको लकडाउनमा पनि अध्यक्ष बेहनाले लाखौंको राहत वितरण गरिसकेको छन् । उनले सिमामा बस्ने सुरक्षाफौजलाई समेत आफ्नो ब्यक्तिगत तरिकाले आबश्यक सामाग्री सहयोग गरेको थिए ।
अध्यक्ष बेहनाले यस्तो संकटको समयमा आफुले सहयोग गर्न पाउँद धेरै खुसी लागेको बताए। अक्सिजनको अभाबले कसैको ज्यान नजाओस। यहि कामनाका साथ भेरी अस्पतालमा उपचार गराइरहेका सबै संक्रमीतलाई सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
बेहना जस्तै अरु जनप्रतिनिधिमा यस्तो सोच आउनु जरुरी छ। बेलैमा सबै जनप्रतिनिधिले कोरोनाका लागि सहयोग गर्न जरुरी देखिन्छ।



[…] बेहनाले गरे भेरी अस्पताललाई सहयोग […]