३ असार २०८१, आईतवार

बैंक र बित्तिय संस्थामा कर्जा न तिर्नेको लर्को , संस्थाहरु समस्या ग्रस्त बन्दै

एसीपी संवाददाता

२२ पुष २०७६, मंगलवार १३:३२ मा प्रकाशित

सभार बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न शीर्षकमा कर्जा प्रदान गर्दछन् । निश्चित मापदण्ड एवम् प्रक्रियाभित्र रहेर बैंकहरुले व्यक्तिगत वा संस्थागत कर्जा प्रवाह गर्दछन् । जसअनुसार, घर किन्न, गाडी किन्न, व्यवसाय गर्न, उच्च शिक्षाका लागि, शेयर किन्न लगायत हरेक कामका लागि बैंकबाट कर्जा पाइन्छ ।

तर, कर्जा निकाल्ने जति सबैले सही सदुपयोग गर्न सक्दैनन् । व्यवसाय गर्नेहरुले त व्यवसायबाट फाइदा लिएर कर्जा चुक्ता गर्ने सम्भावना रहन्छ । कतिपय अवस्थामा त व्यवसाय नै चलाउन नसक्ने वा डुब्ने हुन्छ । घर, गाडी जस्ता अनुत्पादक क्षेत्रका लागि लिइएको कर्जा चुक्ता गर्न झन् कठिन हुन्छ । राम्रो योजना बनाएर मात्रै यस्तो कर्जा लिनुपर्छ ।

हुन त बैंकहरुले आवश्यक कागजातहरु, धितो, कर्जा चुक्ता गर्न सक्ने क्षमता इत्याधि हेरेर नै कर्जा दिने गर्छन् । तर, कहिलेकाहीँ बैंकको अनुमान मिल्दैन र ऋणीले कर्जा चुक्ता गर्न सक्दैन । कर्जा चुक्ता गर्न नसकेपछि मानिसहरु ऋण दिने संस्थालाई नै गाली गर्न थाल्ने प्रवृत्ति छ । बैंकले व्याज धेरै लियो वा दुःख दियो भन्दै गाली गरेर आफ्नै कमजोरीबाट पन्छिन खोज्ने प्रवृत्ति हाबी भएको देखिन्छ ।

ऋणीहरुको यस्तो प्रवृत्तिले बैंकहरुमा खराब कर्जा बढ्न जान्छ । कर्जा असुलीका लागि बैंकले बाध्य भएर ऋणीले धितो राखेको घर, जग्गा वा सम्पत्ति लिलामी गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाको आफ्नै नियम हुन्छ, जसअनुसार उनीहरु चल्नुपर्ने हुन्छ । बैंकको सिस्टम नबुझ्नेहरु वा नबुझी कर्जा लिनेहरु सकेसम्म कर्जा तिर्न नपरोस वा धेरै तिर्न नपरोस् भन्ने मनशायमा हुन्छन् । प्रायः ठूलो कर्जा लिने वा विलासीताका वस्तुका लागि कर्जा लिनेहरुमा यो मानसिकता हुन्छ । जसले कर्जा दिने बैंकलाई ठूलो समस्यामा पार्ने गरेको छ ।

ऋण असुलीका लागि ऋण असुली प्राधीकरणमा दिनहुँ दर्जन बैंक तथा वित्तीय संस्थाको पेशी हुन्छ । आज मंगलबार मात्रै ऋण असुलीका लागि नौ वटा मुद्दाको पेशी छ । नविल बैंकले एक जना, एनएमबि बैंकले चार जना र प्रभु बैंकले चार जना विरुद्ध मुद्दा दायर गरेका छन् । यस्ता केशहरु दिनहुँ हुन्छन् र समयमा फैसला हुन नसक्दा बैंकहरु समस्यामा पर्छन् । आज हुने पेशीमध्ये, दुई वटा मुद्दा ०७२ सालमा, तीन वटा ०७४ सालमा र बाँकी ०७५ सालमा दायर भएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x