बैजनाथ गाउँपालिका सामुदायिक विद्यालयलाई राजनितीक अखडा बनाउँदै
बाँकेको बैजानाथ गाउँपालिकामा सामुदायिक विद्यालयहरुमा चरम राजनितिक हस्तक्षेप गाउँपालिका अध्यक्ष मान बहादुर रुचालको निर्देशनमा, शिक्षा, युवा तथा खेलकुद शाखाले गरेको पछिल्लो कर्तुत बाहिरिएको छ । गाउँपालिकाको शिक्षा समितिको २०७७ चेत्र ७ गतेको निर्णय अनुसार भन्दै आधारभुत तहको शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ को परिच्छेद ४ को दफा ८ (क) बमोजिम भन्दै गाउँपािलका भित्रका सामुदायिक विद्यालयहरुको आर्थिक वर्ष ०७६, ७७ को विद्यार्थी संख्याको आधार भन्दै गाउँपालिका भित्रका ने.रा. आधारभुत विद्यालय बैजनाथ २ कलरामपुर र वडा नं. ८ को शंकर माविमा रिक्त रहेको आधारभुत तहको राहत अनुदान कोटालाई स्थानान्तरण गरेको भन्दै ने.रा. आधारभुत विद्यालय बैजनाथ २ को दरबन्दीलाई बैजनाथ गाउँपालिका वडा न.ं ४ मा अवस्थित समावेशी माविमा स्थानन्तर गरिएको व्यहोराको पत्र विद्यालयलाई पठाइयो । त्यस्तै दरवन्दी स्थानान्तरण गरि पठाइएको विद्यालय समावेशी माविमा आधारभुत तह राहत अनुदान कोटामा अध्यापन गराउँदै आएकी बाँकेकोे नेकपा एमालेको जिल्ला सदस्य एवं एक गैर सरकारी संस्थाको कार्यकारी निर्देशककी श्रीमतीलाई कोहलपुरमा काज सरुवा गाउँपालिकाको शिक्षा शाखाले नियम विपरीत काज सरुवा गरेर उक्त विद्यालयमा कोटा खाली गराएको थियो, भने कोटा कटौती भएको वडा नं. ८ अर्को विद्यालय शंकर मा.वि.को कोटालाई गाउँपािलका अध्यक्ष मान बहादुर रुचालले आफ्नो वडामा रहेको जनता आर्दश मा.वि. बैजनाथ २ जवदवामा दरबन्दी स्थानान्तरण गरेका थिए । तर उनकै आफ्नै वडाको अर्को विद्यालयको दरवन्दी काटिएपछि आक्रोसित स्थानीयको दवाब का अगाडी उनको कुनै जोरी नचलेपछि शंकर माविबाट कटौती गरेको दरवन्दीलाई पुनः ने.रा. आधारभुत विद्यालयमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वराज ढकालले दरवन्दी स्थानान्तरण गरेर आफ्नो मनपरी ऐन नियमको व्याख्या गर्दै आफैले जिकीर गर्दै आएको कार्यविधिको उल्लंघन गरेका छन् । यसरी अध्यक्ष रुचालले एमाले निकट वडा अध्यक्ष जितेको वडा र विद्यालय व्यवस्थापन समितिमा आफ्नो पार्टिका व्यक्तिले नेतृत्व गरेका वडा र विद्यालयलाई नाङगो विभेद गरेको वडा नं. ८ को शंकर मावि विद्यालय व्यवस्थापन समिति का अध्यक्ष कृष्ण थारुले आरोप लगाएका छन । थारुले भने एउटै नियमले काटिएको कोटा फेरी कसरी फर्किन्छ? अनि २ वर्ष अगाडीको विद्यालयको विद्याथीको संख्याका आधारमा कोटा काटिएको भनेर हामीलाई जवाफ दिएका छन् । हामी विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुले वारम्बार शिक्षा शाखा प्रमुख विश्वराज ढकाल र अध्यक्ष रुचाललाई भेटेर विद्यालय पठनपाठनलाई सहज बनाउन र स्थानान्तरण गरिएको शिक्षक दरवन्दीलाई पुनः फिर्ता गर्न आग्रह गरिउ तर हामीलाई सकरात्मक जवाफ उनीहरुले दिएनन् अव हामी गाउँपालिकाको दादागिरीका विरुद्द कानुनी लडाई लड्न तयार छौं ।


