१२ मंसिर २०८३, शुक्रबार

ब्रह्मपुत्र नदीमा डुंगा अर्को डुंगासंग ठोक्किएर दुर्घटना

एसीपी संवाददाता

२५ भाद्र २०७८, शुक्रबार ००:३५ मा प्रकाशित

भदौ २५ गते शुक्रबार । एजेनेसी भारतमा यात्रुबाहक डुंगा पल्टिंदा कम्तिमा एक जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता भएका छन् । आसामको जोरहाट नजिकै ब्रह्मपुत्र नदीमा १२० जना बोकेको डुंगा अर्को डुंगासंग ठोक्किएर दुर्घटना भएको हो ।

४२ जनालाई सकुशल उद्धार गरिएको र केही नदीमा डुबेको भारतीय अधिकारीहरुले जनाएका छन् । जोरहाटबाट आउदै गरेको डुंगा विपरित दिशाबाट आईरहेको डुंगासंग ठोक्किएको प्रहरीले जनाएको छ ।

सामाजिक संजालमा हालिएका भिडियोहरुमा डुंगा ठोक्किएपछि नदीमा खस्दै गरेका र डुंगामा झुण्डिने कोशिस गरिरहेकाहरुको दर्दनाक दृष्य देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दूर्घटनामा परेकाहरुको उद्धार र हराईरहेकाहरुको खोजी तीव्र गतिमा भईरहेको जनाउनु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x