जसपाका अध्यक्ष भट्टराईले तत्कालीन राजा विरेन्द्रको वंशनाश गरेको आरोप पुर्ब राजा ज्ञानेन्द्र माथि लगाएको आरोप गलत – लिङ्गदेन
काठमाडौं। राप्रपाका नेता राजेन्द्र लिङ्देनले पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालीन राजा विरेन्द्रको वंशनाश गरेको आरोप पूर्व महाराजधीराज ज्ञानेन्द्र शाहलाई लगाउदै लेखेको आधारहिन लेखले उनलाई अन्याय भएको बताएका छन्। लिङ्देनले भट्टराईले आफू नै भ्रममा भएको अवस्थामा हत्यारा ज्ञानेन्द्र नै हुन् भनेर जनतालाई दिग्भ्रमित बनाएको प्रति रोष प्रकट गरेका हुन्।
लिङ्देनलेले लेखेका छन्, ‘दरवार हत्याकाण्ड लगत्तै हत्यारा ज्ञानेन्द्र हुन भनेर लेख्नु भएको होइन? कत्रो भ्रम बाँड्नु भएछ? कत्रो अन्याय भयो होला राजा ज्ञानेन्द्र माथि?’
भट्टराईले नारायणहिटी राजदरबार हत्याकाण्डको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताएका थिए। २०५८ जेठ १९ गते राति भएको सो घटनाको राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गरेर सत्यतथ्य बाहिर ल्याउनु पर्ने डा. भट्टराईले सार्वजनिक रुपमा माग गरेका छन्।
ट्वीटरमा उनले लेखेका छन्, ‘ राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको२०बर्ष भइसक्दा पनि त्यसवारे सत्यतथ्य स्थापित हुननसक्नु र आरोपप्रत्यारोपको शृंखला चलिरहनु हाम्रो लोकतान्त्रिक गणतन्त्रनिम्ति शोभनीय हैन।राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानवीन आयोग गठन गरी यो रहस्य सदाकोनिम्ति अन्त्य गरौं ।’
स्मरणीय छ, दरबार हत्याकाण्ड घटेको ५ दिन पछि, ज्ञानेन्द्र शाह राजा भएको दुई दिन पश्चात अर्थात २४ जेठ २०५८ को बिहान कान्तिपुर दैनिकमा तत्कालीन माओवादी सह-कमाण्डर भट्टराईले महाराजधीराज ज्ञानेन्द्रलाई ‘हत्यारा’ शब्दको उल्लेख नगरी हत्यारा भएको आरोप लगाएका थिए। ‘नयाँ कोतपर्वलाई मान्यता नदिऔं!’ शिर्षकको त्यो लेखले सत्यता भन्दा पनि राजसंस्थालाई नामुट पार्ने र माओवादी बिद्रोहलाई बल दिने ‘इतिहासको उत्पादन’ गरेको थियो।
यस अघि पत्रकार भुषण दाहालसँग कुराकानी गर्दै भट्टराईले दरबार हत्याकाण्डमा तत्कालिन महाराजधीराजको संलग्नता बारे आंफ्नो लेख ‘नयाँ कोतपर्वलाई मान्यता नदिऔं!’ मा आँफूले तथ्य र प्रमाणको आधारमा आक्षेप नलगाएको बताएका थिए। उनले उक्त लेखमा महाराजधीराजको संलग्नता एउटा ‘इन्लाइटण्ड गेस’(अनुमान) मात्र भएको स्पष्टोक्ति दिएका छन्।
डा. भट्टराईको सो ट्वीटलाई उधृत गर्दै राप्रपाका नेता राजेन्द्र लिङ्देनले सो कुरा व्यक्त गरेका हुन्। आफू प्रधानमन्त्री हुँदा किन यसबारे कुरा नउठाएको भन्दै डा. भट्टराईसँग प्रश्न गरेका उनले डा भट्टराईमाथि भ्रम छरेको आरोप लगाएका छन्।
लिङ्देन लेख्छन्, ‘यसै बिचमा तपाईं प्रम पनि बन्नुभयो। यो बिषय उठाउनु भएन/ २०बर्षपछि छानवीन आयोगको कुरा उठाउनु भएछ;आखिर तपाईं पनि भ्रममै त हुनुहुँदोरहेछ।’https://
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई nepaldeep.com@gmail.com मा पठाउनु होला ।


