१२ मंसिर २०८३, शुक्रबार
भाजपाका विदेश प्रमुख र केन्द्रका अध्यक्ष दाहाल बीच भेटवार्ता
काठमाडौँ — भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।
अध्यक्ष दाहालको निवास खुमलटारमा सोमबार भएको भेटमा नेपाल–भारत सम्बन्ध र दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।
भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले सोमबारै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।
चौथाइवालेले यसअघि आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।
Subscribe
Login
0 Comments


