२ श्रावण २०८३, शनिबार
भारतको उत्तराखण्डको केदारनाथमा पहिरोमा पुरिएर चार जना नेपालीको मृत्यु
भारतको उत्तराखण्ड राज्यको केदारनाथ नजिक पहिरोमा पुरिएर चार जना नेपाली नागरिकको ज्यान गएको ‘द इन्डियन एक्सप्रेस’ ले जनाएको छ ।
ज्यान गुमाउनेमा रुद्रप्रयागमा कार्यरत नेपाल घर भएका तुलबहादुर , पूर्ण नेपाली , किश्न परिहार र चिकु बुरा रहेको खबरमा उल्लेख छ । चारै जना हेलिप्याड नजिकैको शिविरमा बसिरहेका बेला पहिरोमा पुरिएका स्थानीय प्रशासनले जनाएको छ । उद्धारकर्ताहरूले चारै जनाको शव रुद्रप्रयाग लगेको खबरमा उल्लेख छ । समाजिकसन्जाल
Subscribe
Login
0 Comments



