६ मंसिर २०८३, शनिबार

नेपालगन्ज–१४ मा राष्ट्रिय जनमत पार्टीको संगठन विस्तार तीव्र, करिब दुई दर्जन नेता–कार्यकर्ता पार्टीमा प्रवेश

एसीपी संवाददाता

६ मंसिर २०८३, शनिबार ११:३५ मा प्रकाशित

नेपालगन्ज, मसिर ५ गते — नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा राष्ट्रिय जनमत पार्टी (बुलडोजर छाप) ले आफ्नो संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ। पार्टीको आयोजनामा भएको बृहत् पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी करिब दुई दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय जनमत पार्टीमा प्रवेश गरेका छन्।

वडा इन्चार्ज हाजी रमजान अलि राईको अगुवाइमा आयोजित कार्यक्रममा नवप्रवेशीहरूलाई पार्टीका शीर्ष नेतृत्वले स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरेका थिए। पार्टी प्रवेश कार्यक्रमले वडा नम्बर १४ मा संगठन थप मजबुत बन्ने विश्वास आयोजकले व्यक्त गरेको छ।कार्यक्रममा राष्ट्रिय जनमत पार्टीका सभापति रियाज अहमद शेष, महासचिव राजा सिंह, वडा नम्बर ४ का इन्चार्ज शैलेन्द्र सिजापति, वडा नम्बर १ का इन्चार्ज रामनाथ मण्डल, युवा नेता तथा समाजसेवी हिफजुल रहमान खान, समाजसेवी इसाक हासमी लगायत पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय अगुवाहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै पार्टीका सभापति रियाज अहमद शेषले पार्टीको सिद्धान्त, नीति र विचारप्रति आकर्षित भएर विभिन्न क्षेत्रका नेता तथा कार्यकर्ता पार्टीमा आबद्ध हुनु सकारात्मक भएको बताउनुभयो। उहाँले नवप्रवेशीहरूलाई पार्टीको नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउँदै संगठन विस्तार र जनताको सेवामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

त्यसैगरी महासचिव राजा सिंहलगायत उपस्थित नेताहरूले समसामयिक राजनीतिक अवस्था, पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण तथा जनताका सवालमा केन्द्रित रहेर आफ्ना धारणा राख्नुभएको थियो। कार्यक्रममा सहभागीहरूबीच राजनीतिक विषयमा अन्तरक्रिया तथा छलफलसमेत गरिएको थियो।पार्टी प्रवेश कार्यक्रममा सहभागी नवप्रवेशीहरूले राष्ट्रिय जनमत पार्टीको नीति, सिद्धान्त र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टीको संगठन विस्तार तथा आगामी राजनीतिक अभियानमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाएको आयोजकले जनाएको छ।

कार्यक्रमको अन्त्यमा आयोजक वडा इन्चार्ज हाजी रमजान अलि राईले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण नेता, कार्यकर्ता तथा स्थानीयवासीप्रति धन्यवाद व्यक्त गर्नुभयो। साथै उहाँले ‘बुलडोजर छाप’ मा आबद्ध भएका सम्पूर्ण नवप्रवेशीहरूलाई पार्टीका तर्फबाट हार्दिक स्वागत गर्नुभयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x