१२ मंसिर २०८३, शुक्रबार

भारतबाट कार ल्यान भयो सहज

एसीपी संवाददाता

२४ भाद्र २०७८, बिहीबार ००:२८ मा प्रकाशित

भदौ २४ गते बिहिबार । तमिलनाडुको सिंगापेरुमाल कोल सहरबाट पहिलोपटक १२५ वटा गाडीहरु नेपाल आउने भएको छ ।

दक्षिणी रेल्वेको चेन्नई डिभिजनले सिंगापेरुमाल कोलस्थित स्टेशनबाट पहिलोपटक नेपालका लागि १२५ कार लोड गरेको भारतीय रेल मन्त्रालयले जनाएको छ ।

सिंगापेरुमाल स्टेशन पहिलोपटक अटो हबसमेत बनेको रेल मन्त्रालयले जनाएको छ । नेपाल निर्यात गरिएका कार रिनो र निशान कम्पनीको रहेको दक्षिण भारतीय रेल्वेले विज्ञप्तिमार्फत जनाएको छ ।

ती कारहरु विहारको रामगढ स्टेशनसम्म २ हजार २४४ किलोमिटर दुरी यात्रा गरेर वीरगंज हुँदै नेपाल भित्रिने छ । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x