भारतमा अझै भाजपा सत्तामा रहने , सोनिया र राहुल गान्धीलाई रुवासासी
१२ गते कात्तिक २०७८ । चुनावी रणनीतिकार एवं इण्डियन पोलिटिकल एक्सन कमिटी (आई–प्याक) का प्रमुख प्रशान्त किशोरले भारतीय जनता पार्टी दशकौंसम्म राजनीतिमा मजबुत ताकत बनिरहेको विश्लेषण गरेका छन् ।
जसरी ४० वर्षभन्दा बढी कंग्रेस आई सत्तामा रह्यो, त्यसैगरी भाजपा पनि आगामी दशकहरुमा सत्ताको केन्द्रमा रहने उनको विश्लेषण छ । यमास चुनाव जितहारले खासै फरक नपार्ने उनी बताउँछन् । कंग्रेस र अन्य दलहरुले केही दशकसम्म भाजपासँगै मुख्य रुपमा प्रतिस्पर्धा गर्नुपर्ने उनले बताए ।
एकपटक जब कुनै पार्टीले राष्ट्रिय स्तरमा ३० प्रतिशत मत आर्जन गर्यो भने उसलाई मुलधारको राजनीतिबाट चाँडै हटाउन नसकिने उदाहरण पनि प्रस्तुत गरे । यसैकारण भाजपा अझै केही दशक सत्ताको केन्द्रमा रहने भन्दै प्रशान्त किशोरले राहुल गान्धीले सोचेजस्तो परिवर्तन सम्भव नभएको बताए ।
’राहुल गान्धीलाई लाग्छ कि अब केही समयमा जनताले नरेन्द्र मोदीलाई सत्ताबाट हटाउने छन् । तर यस्तो हुँदैन । जबसम्म तपाई मोदीको ताकतको पूर्वानुमान लगाउन सक्नुहुन्न, पहिल्याउन सक्नुहुन्न तबसम्म उनलाई हराउनका लागि कहिले पनि काउन्टर दिन सक्नुहुन्न,’ प्रशान्तले भने ।
धेरै पोलिटिसियनहरु मोदीको ताकतलाई बुझ्न नसकेको उनको विश्लेषण छ । ’जबसम्म तपाईहरु मोदीलाई लोकप्रिय बनाइरहेको ताकतको पत्ता लगाउन सक्नुहुन्न तबसम्म उनलाई काउन्टर दिन सक्नुहुन्न,’ उनले भने ।
प्रधानमन्त्री मोदीसँग जनता असन्तुष्ट रहेको र उनलाई सत्ताबाट बाहिर गरिदिने भन्ने भ्रममा नपर्न सुझाउँदै उनले भाजपा राजनीतिको केन्द्रमै रहने र अझै केही दशक भाजपा उदाउने उनको निष्कर्ष छ ।


