भारतमा आतंककारी गतिविधिमा सलग्न ६ पक्राउ
३१ गते भदौ २०७८ बिहीबार । नयाँ दिल्ली -दिल्ली पुलिसले मंगलबार एक आतंककारी योजनामा काम गरिरहेका ६ जना संदिग्धहरुलाई गिरफ्तार गरेको छ । यसै बिच भारतको उत्तर प्रदेशको बहराइच जिल्लाको कैसरगन्ज निवासी
एक जना युवा ब्यापारी समेत रहेका छ्न । प्राय सिमानाका नेपालको बाके जिल्ला र बर्दिया जोडिएको छ । अहिले नेपालका विभिन्न धार्मिक कार्यक्रमको आडमा नेपालमा आतंककारी गतिविधिमा सहयोग गर्दै आएको समाचार प्रकाशनमा आएको हो ।
हिन्दुहरुको महान चाड दिपावली, रामलिला लगायतका ठूला पर्वहरु नजिक आईरहेको बेला भयानक आतंककारी हमला गर्ने योजनामा उनीहरु भारत आएको खुल्न आएको छ । मिसन सफल पार्न लागि परेका ६ जनालाई नै दिल्ली प्रहरीको बिशेष युनिटले पक्राउ गरेको हो ।
६ जनामध्ये खजुरको व्यापार गरिरहेका २८ वर्षीय जिशान कमर उत्तर प्रदेशबाट पक्राउ परेका छन् । यस्तै, युपीको लखनउबाट ३१ वर्षीय आमिर जादेव र ड्राइभरको काम गर्दै आएका ४७ वर्षीय जान मोहम्मद पनि पक्राउ परेका छन् ।
पाकिस्तानमा बस्ने दाउदका भाई अनीसलाई भारतमा रहेका यी सबै आतंकवादीहरुलाई हतियार र गोला बारुद उपलब्ध गराउने जिम्मेवारी दिइएको थियो। यो सबै पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआई र आतंकवादी संगठन संग सम्बन्धित रहेको बताइएको छ। उनीहरुको कोष पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआई र दाउदले पनि गरिरहेका थिए।
यस्तै पक्राउ पर्ने अर्का एक जना अन्डरवल्र्डका लागि काम गर्ने व्यक्ति रहेका छन् । उनी हुन्, अनिस इब्राहिमको ’डी’ कम्पनीसँग सम्पर्कमा रहेका र सँगै कृषिकाम गर्ने ४७ वर्षीय मूलचंद उर्फ लाला । यस्तै पक्राउ पर्नेमा २३ वर्षीय अबु बकुर अर्काे व्यक्ति रहेका छन् ।
दिल्लीमा ड्राइ फ्रुटको कारोबार गर्ने २२ वर्षीय ओसामालाई पनि प्रहरीले पक्राउ गरेको छ । स्रोतका अनुसार यी ६ जना पाकिस्तानी खुफिया एजेन्सी आईएसआई र अन्डर्वल्डसँग काम गरिरहेका थिए । अन्र्डवल्र्डको एक खेमा चलाइरहेका अनीस इब्राहिमले रचेको योजनामा यीनीहरु काम गरिरहेको बताइएको छ ।
६ जनैलाई हिरासतमा राखेर अनुसन्धानका लागि १४ दिन म्याद थप गरिएको छ । अनीस इब्राहिम भारतको मुम्बई स्थित गैंगस्टार, आपराधिक समुहका लिडर र ड्रग डिलर हुन् । उनलाई मुम्बइ पुलिसले मास्ट वान्टेडको सुचिमा राखेको छ ।


