१७ जेष्ठ २०८१, बिहीबार

भू-राजनीतिक र आर्थिक अस्थिरताका कारण छोइनसक्नु बन्यो ‘सुन’

एसीपी संवाददाता

४ बैशाख २०८१, मंगलवार १०:५९ मा प्रकाशित

काठमाडौं । भू-राजनीतिक र आर्थिक अस्थिरताले पनि यतिबेला विश्व बजारमा बहुमूल्य धातु सुनको माग र मूल्य दुवै बढाइरहेको छ । ब्रिक्समा आवद्ध लगायतका अन्य देशले पनि सुनलाई प्राथमिकताका साथ खरिद गरिरहेका कारण पनि सुनको मूल्यले दिन प्रतिदिन नयाँ रेकर्ड बनाउँदै आएको विश्लेषकको विश्लेषण छ ।

अहिले अधिकांश धनी देशहरुले सुनको सञ्चितिलाई वृद्धि गर्दै लगेका छन् । संसारकै देशहरुको मौद्रिक नीतिलाई अनुगमन गर्ने संस्था व्यासेलले पनि सन् २०२३ को शुरुवातदेखि नै डलरलाई भन्दा सुनलाई प्राथमिकतामा राखेर नोट निष्कासन गर्दै आएको छ ।

अमेरिकी डलरको विश्वसनीयतामा कमी आउँदा सुन प्रतिको आर्कषण बढेको विष्लेशण हुदै आएको छ । नेपालका दुई छिमेकी राष्ट्र चीन र भारतले सुन सञ्चिति बढाइरहेका छन् । अन्तराष्ट्रिय बजारको वृद्धिले नेपाली बजारमा प्रत्यक्ष असर पार्ने नै भयो । फलत दिन प्रतिदिन मूल्यमा नयाँ उचाइ कायम गर्दै आएको छ ।

नेपाली बजारमा सुनको भाउले १ लाख ३९ हजारसम्मको ऐतिहासिक उचाइ छोइसकेको छ । पहिले विक्रि गर्ने देशहरुले अहिले लगानीको सुरक्षित माध्यम ठानेर संचिति बढाउँदै जाँदा यो अवस्था आएको सुनचाँदि व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य बताउनुहुन्छ ।

पहेको धातुको मूल्यमा आएको लगातारको बृद्धिले नेपाली लगानीकर्तालाई पनि आकर्षित गर्ने संभावना बढ्दै गएको छ । यसलाई सकारात्मक रुपमा लिन नसकिने विश्लेषण हुदै आएको छ । भोलीका दिनमा उद्योगीले सुनमा लगानी गर्ने अवस्था आएमा त्यो मुलुकको हितमा नहुने विश्लेषक नरबहादुर थापा बताउनुहुन्छ ।

विश्व बजारमा सुनको मूल्य बढिरहँदा अझै बढ्छ भन्ने अपेक्षामा केही लगानीकर्ताहरूले सुन किनिरहेका बताइन्छ । नेपाल सरकारले अनुत्पादक क्षेत्र भन्दै सुनमा लगानीकालागि रोक लगाउँदै आएको छ । यसैले यसका लागि नीति परिमार्जन गरी लगानीको वातावरण बनाउनु पर्ने या त अन्य सुरक्षित लगानीको मार्ग प्रशस्त गर्र्नु पर्ने आवश्यकता देखिन्छ । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x