१२ आश्विन २०८३, सोमबार
भेरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु
७ गते असोज २०७८ बिहीबार । विकास खडका – नेपालगन्ज / नेपालगन्ज स्थित भेरी अस्पताल नेपालगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बैजनाथ गाउँपालिका– ४ बाँके बस्ने ५७ वर्षीय पुरुषको उपचारकाक्रममा मृत्यु भएको जिल्ला कोभिड– १९ ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
भदौं ५ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना संक्रमण पुष्टी भएको थियो ।
सोही दिन उनी भेरी अस्पतालमा भर्ना भएका थिए । उनको एक महिनासम्म उपचार गरिएको थियो ।
स्वास्थ्यमा कुनै सुधार नआएपछि बिहीवार बिहान ४ बजेतिर मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३३ जनाको मृत्यु भएको छ ।
Subscribe
Login
0 Comments


