भोलि नेपालगन्जको त्रिभुवन चोकमा आन्दोलन
६ गते असोज २०७८ बुधबार । श्याम कुमार शाहु – एउटा सवारी दुर्घटनामा ज्यान गएको बालिकाको ठक्कर दिनेलाई काार्ययवाहि नभएको ब्दवव अभिभावक आन्दोलनमा जाँदै छन । नेपालगन्ज त्रिभुवन चोकमा मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएकी अढाइ वर्षीया बालिका अनावीय राइको न्यायका लागि भोलिदेखि नागरिकस्तरबाट दवावमुलक आन्दोलन गरिने पीडितले जनाएको छ।
बालिकालाई ठक्कर दिने चालक र मोटरबाईकलाई प्रहरीले खोजतलास गरि नियन्त्रणमा लिन नसक्दा पीडितले आन्दोलन गर्ने तयारीमा गएको बताएका छ्न ।
मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु भएको भोलि बिहिवार ७ गते एक महिना पुग्दैछ न्यायको माङ गर्दै आन्दोलनमा उत्रिने बताएको हो । ठक्कर दिने मोटरसाइकलको पहिचान हुन सकेको छैन ।
पत्रकार सम्मेलनमा प्रहरी प्रशासनले निष्पक्ष भएर छानवीन गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, दोषीलाई कारवाही गर्नुपर्ने लगायतको माग राख्दै भोलि ७ गते आन्दोलन गर्ने बताएको छ ।
आफ्नो माङ पूरा गराउनका लागि दवाव दिन त्रिभुवन चोकमा आन्दोलन गर्ने बताए ।
पीडितले त्रिभुवन चोकमा सिसि टिभी क्यामेरा मर्मत गर्न माग राख्दै आएको हो ।


