१८ आश्विन २०८३, आईतवार

मन्त्री र एमाले नेता बिच हाथ हाला हाल

एसीपी संवाददाता

२५ जेष्ठ २०७८, मंगलवार १२:०४ मा प्रकाशित

काठमाडौ । केन्द्रमा भएको नेकपा एमाले पार्टीका नेताहरुको विवाद तल्लो तहमा पनि पुगेको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र रावल र प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीबीच मन्त्रालयभित्रै हात हाला हाल भएको छ। दुवैले एकअर्कालाई यस्तो आरोप लगाएका छन् ।

विज्ञप्ती जारी गरेर नेता र मन्त्रीले आफु माथि अन्याय भएको बताएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रावलले मन्त्री सोडारीले उनको कार्यकक्षभित्रै आफूलाई हात पात भएको आरोप लगाएका छन् भने मन्त्री सोडारीले पनि त्यस्तै दावी गरेका छन् ।

‘मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन निर्देशनसहितको पत्र बुझाउन मन्त्रालय जाँदा आफु माथि नराम्रो ब्यवहार भएको उनले बताए ।

उता मन्त्री सोडारीले भने आफूले हात पात नगरेको दाबी गरेका छन् । बरु आफुलाई नै हात पात गरेको उनको भनाई छ । रावलले आफूलाई दु व्र्य वहा र गरेको आरोप लगाएका छन्।

मन्त्री सोडारीका स्वकीय सचिव ललितबहादुर बोहराले विज्ञप्ति जारी गरी एमाले प्रदेश सचिव रावलले मन्त्री सोडारीलाई अ भ द्र व्य व हार गरेको आरोप लगाएका हुन्।

‘कञ्चनपुर जिल्ला बस्ने क। राजेन्द्र रावलले मन्त्रीज्यूको कार्यकक्षमा प्रवेश गरी प्रदेश सभाको विषयमा कुरा गर्दै अ भ द्र व्यवहार गरेकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै विषयमा मन्त्री ज्यूसँग कुरा राख्नुपर्ने भएमा छलफलका माध्यम हुँदाहुँदै गु ण्डा गर्दी शैली अपनाउनु प्रदेश सभा र प्रदेश सरकारको अपमान महसुस भएको छ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x