महन्थ ठाकुर पक्षको निर्वाचन आयोगमा बलियो प्रमाण ; उपेन्द्र समूह ध्वस्त
काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिताको विवादमा महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा बलियो प्रमाण बुझाएको छ ।
अर्थात केन्द्रीय कार्यकारिणी समितिको बहुमत आयोगसमक्ष प्रस्तुत गरेको हो । आधिकारिकताको विषयमा छलफल गर्न ठाकुर पक्षले बुधबार कार्यकारिणी समितिबैठ बोलाएको थियो । बैठकले बहुमत सदस्यको हस्ताक्षरसहित आयोगमा चिठी दर्ता गराएको छ ।
उक्त चिठीमा ठाकुरसँग निकट मानिएका १८ कार्यकारिणी सदस्य र पछि थप गरिएका २० गरी ३८ व्यक्तिको हस्ताक्षर संलग्न गरिएको छ ।
थप गरिएका कार्यकारिणी समितिका सदस्यहरूको हस्ताक्षरसमेत जोड्दा ठाकुरको पक्षमा आरामले बहमुतमा पुग्छ । यससँगै अब जसपा आधिकारिक रुपमै महन्थ ठाकुर राजेन्द्र महतोहरुको हुने भएको छ ।
पार्टी हत्याउने असफल प्रयास गरेका उपेन्द्र यादव र बाबुराम भट्टराई पुरानै पार्टी संघीय समाजवादी फोरम लिएर जानुपर्ने भएको छ । नेपालपाना


