१२ मंसिर २०८३, शुक्रबार
महासमिति सदस्यबाट पूर्व मन्त्री गजेन्द्र हमालद्वारा राजीनामा
पूर्व मन्त्री गजेन्द्र बहादुर हमालले भर्खरै सम्पन्न नेपाली काँग्रेसको महासमिति बैठकमा हिन्दू राष्ट्र कायम गरिनुपर्ने विषय महासमितिमा प्रवेश भएको तर त्यस विषयमा कुनै निर्णय हुन नसकेको भन्दै पार्टीको महासमिति सदस्य पदबाट राजनीनामा दिनु भएको छ ।
बाँके क्षेत्र नं.२ बाट चौधौ महाधिवेशन सँगै महासमिति सदस्य निर्वाचित भएका हमालले फागुन ७ देखि १० गते सम्म चलेको महासमिति बैठकका दौरान हिन्दू राष्ट्र कायम हुनुपर्ने विषयमा महासमिति सदस्यहरुले चलाएको हस्ताक्षर अभियानलाई सम्बोधन नगरिएको भन्दै महासमिति पदमा बसिरहन उचित नभएको बताउनु भएको छ।
बाँके काँग्रेसका पूर्व सभापति समेत रहेका हमालले महासमिति बैठक शुरु हुनु पहिले हिन्दू राष्ट्र घोषणाको अभियानलाई पार्टीले साथ नदिए महासमिति सदस्यबाट राजीनाा दिने घोषणा गर्नु भएको थियो ।
Subscribe
Login
0 Comments


