त्यस्तै १ वर्षको अवधिमा ३ हजार ४ सय ९५ थान जनचेतनामूलक पर्चापम्पलेट वितरण गरिएको उनले बताइन् ।
खोजतलास सम्बन्धि ३९ वटा निवेदन परेकोमा १९ जना फेला परेको क्षेत्रीले जानकारी दिइन् । त्यस्तै घरेलु हिंसा सम्बन्धि १६ वटा निवेदन परेको उनले बताइन् ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सचेतना कार्यक्रमहरु गर्दै आएको क्षेत्रीले बताइन् । ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यविधि निर्माण गरी पालिकास्तरीय समिति गठन गरिएको छ । सैनामैना र सिद्धार्थनगर नगरपालिकास्तरीय समितिको बैठक नियमित रुपमा बस्ने गरिएको क्षेत्रीले जानकारी दिएकी छन।
कार्यक्रम संयोजक क्षेत्रीका अनुसार खुल्ला सीमाका कारण निर्वाध प्रवेशको छुट, बेचबिखनका लागि दलालहरुले नयाँनयाँ स्वरुप तथा शैलीहरु परिवर्तन गरिरहनु, महिला तथा बालबालिकाहरुमाथि हुने घरेलु हिंसा जस्ता समस्यामा कमी नहुनु, सीमावर्ती शहर नजिकै नेटवर्किङ कम्पनी र अर्केष्टा जस्ता बैण्डहरु खोलिनु, नेपालका विभिन्न भागहरुबाट धेरै महिलाहरु भारतीय नाका हुँदै खाडी मुलुकतर्फ जाने प्रवृत्ति बढ्दो हुनु प्रमुख समस्याहरु हुन् ।
वि.सं. २०४९ सालमा स्थापना भएको माइती नेपालले मानव बेचबिखनविरुद्ध काम गर्दै आएको छ ।


