१२ मंसिर २०८३, शुक्रबार
माईक्रोबस बाईक दुर्घटना हुँदा दुई जना घाईते
श्याम कुमार साहु – जमुनाहा देखि नेपालगन्ज जाँदै गरेको माइक्रोबस, सोही दिसाबाट आउँदे गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ ।
दुर्घटना बिहीवार अपरान्ह तीन बजे सीमा प्रहरी चौकीको अगाडी सुर्खेतरोडमा भएको हो । नेपालगन्ज जाँदै गरेको भे १ ख १३७४ नम्बरको माइक्रोबसको पछाडी बाट यूपी ३२ इ एक्स २०७६ नम्बरको मोटरसाईकल ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका परिचय खुल्न नसकेको ट्राफिक कार्यालयले जनाएको छ । दुर्घटनामा घाइतेको उपचार भेरी अञ्चल अस्पतालमा भइरहेको छ ।
Subscribe
Login
0 Comments





