आयोध्यामा हुने प्राण प्रतिष्ठा धार्मिक कार्यक्रम मध्यनजर नेपालगन्जमा मदिरा बिक्रीवितरण बन्द
नेपालगन्ज – भारतको उत्तर प्रदेश स्थित आयोध्यामा श्री राजा राम भगवानको प्राण प्रतिष्ठा कार्यक्रमलाई ध्यानमा राख्दै नेपालगन्ज बजारमा मदिरा बिक्री वितरण बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेको विशेष अनुरोधमा मदिरा ब्यवसायी संघ बाँके , नेपालगंज उद्योग वाणिज्य संघ एवम होटल ब्यवसायी संघ बाँकेको सयुक्त रुपमा बसेको बैठकले निर्णय भए अनुसार भोली माघ ८ गते सोमबारका दिन भारतको अयोध्यामा हुने श्रीराम मंदिर प्राण प्रतिष्ठाको अवसरमा यस जिल्लामा पनि धार्मिक संघ / संगठनहरुबाट बिबिध कार्यक्रम संचालन गरिने भएको हुँदा उक्त कार्यक्रमहरुमा शान्ति सुरक्षा ब्यवस्था लगायत धार्मिक सदभावलाई मजबूत कायम गर्ने उद्देश्यले माघ ८ गते सोमबारका दिन बिहान ७ बजे देखी राती १० बजेसम्मका लागि बाँके जिल्लाभित्र रहेका मदिरा ब्यवसायीका वितरक , थोक विक्रेता एवम खुद्रा बिक्रेताहरुले आ आफ्नो ब्यवसाय पूर्ण रूपले बन्द गरीदिन हुन मदिरा ब्यवसायी संघ बाँकेका अध्यक्ष मिम बहादुर सिंह ठकुरीले जानकारी दिएका छन् ।
साथै उक्त सूचनालाई बेवास्ता / पालना नगरी कार्य गर्दा सम्बंधित निकायबाट कुनै प्रकारको कारवाही हुन पुगेमा आफ्नो संघले त्यस्ता ब्यवसायीहरुको बिषयमा कुनै पहल नगर्ने पनि जनाईएको छ ।


