१२ मंसिर २०८३, शुक्रबार

माधव नेपाल देउवा सरकारमा शामिल हुने तयारीमा ?

एसीपी संवाददाता

२८ बैशाख २०७८, मंगलवार ०६:०३ मा प्रकाशित

अहिले नेपाल सरकार बहुमत साबित गर्न न सके पछि अहिले देशमा राजनीतिक गतिविधि तिब्र बनेको छ । प्रधानमन्त्रीका लागि विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनका लागि तयारी सुरु भएको हो । राष्ट्रपतिले दिएको तीन दिनको समयभित्र वैकल्पिक सरकार गठन गर्न विपक्षी दललाई अब दवाव परेको छ । अहिले मुख्य भुमिका नेपालि काङ्ग्रेसको कान्धमा आएको छ । आज मंगलवार एकाविहानै प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको घरमा जमघट सुरु ।
आज बाट देउवाले नयाँ सरकार गठनका लागि पहल थालेका हुन् । देउवाले केपी ओलीको विपक्षमा रहेका दल र नेताहरुसँग परामर्श थालेका हुन् । ओलीलाई विश्वासको मत नदिएर पार्टीको ह्वीप उल्लंघन गरेको नेकपा एमालेका माधव नेपाल सहितका नेताहरु पनि देउवा निवास पुगेका हुन ।
देउवा निवास बुढानिलकण्ठमा कांग्रेस-माओवादी र जसपा तथा एमालेका ओलीविरोधी समूहबीच छलफल सुरु भएको हो । शीर्ष नेताहरुबीच अनौपचारिक छलफलहरु चलिरहेको र दिउँसो २ बजे गठबन्धनको बैठक बस्ने कांग्रेस स्रोतले जनाएको छ ।
कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड,जसपा अध्यक्ष उपेन्द्र यादवले सोमवारै वैकल्पिक सरकार गठनको आह्वान गरिसकेका थिए । आजको छलफलमा विश्वासको मत दिन अनुपस्थित एमालेको माधव पक्षका नेतालाई समेत बोलाइएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x