१२ मंसिर २०८३, शुक्रबार

माधव नेपाल र प्रचण्डले एमालेको सरकार ढलाउन के के गरेनन् तपाईंहरुलाई थाहा छ ।

एसीपी संवाददाता

६ आश्विन २०७८, बुधबार १२:४२ मा प्रकाशित

६ गते असोज २०७८ बुधबार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको पार्टीलाई चोइटोका संज्ञा दिएका छन् ।

नेपालगञ्जमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने–“फुटेको चोइटोको नाम एकिकृत !“ उनले अगाडि थपे–“चार जना चोइटिएर सानो कसौडीमा भात पकाउँदैछन् अनि भन्दैछन् एकिकृत समाजवादी ।“ आफ्नै भनिएकाहरुले सरकार ढाल्न ठूलो कसरत गरेको भन्दै उनले भने–“माधव नेपाल र प्रचण्डले एमालेको सरकार ढलाउन के के गरेनन् उनले भने देउबा कहाँ गएनन् कि, राष्ट्रपति कहाँ पुगेनन् कि अथवा अदालत चहारेनन् कि । “

ओलीले पदका पछि नलागेर देश र समाजप्रति समर्पित भएर राजनीति गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले कार्यकर्तालाई पोस्ने गरी अहिलेको सरकारले बजेटमा संशोधन गरेको आरोप लगाउँदै विकास निर्माणका कामको बजेट कटाएर कार्यकर्तालाई पैसा बाँड्ने बजेट ल्याएको टिप्पणी गरे ।

ओलीले अप्ठ्यारो परेको बेलामा पार्टी र आन्दोलनलाई जोगाएको भन्दै कार्यकर्तालाई धन्यवाद दिएका छन् । ओलीले भने–“पार्टीलाई कमजोर पार्ने षड्यन्त्रलाई चिर्दै तपाईंहरुले अप्ठ्यारो परेको बेला आन्दोलनलाई अझ बढी सशक्त बनाउनुभएको छ, तपाईंहरुलाई धन्यवाद भन्न चाहन्छु,“ आफ्नो भाषणको सुरुमै उनले भने–“पार्टीभित्रै बसेर पार्टीलाई सिध्याउने, कमजोर पार्नेका पछि तपाईंहरु लाग्नुभएन, झुक्याउन खोजे पनि तपाईंहरु झुक्किनुभएन, तपाईंहरुले नेकपा एमालेलाई अझ बलियो बनाउनुभएको छ ।“

उनले अगाडि भने–“केही मानिसहरु एमाले सत्ताबाट प्रतिपक्षमा पुग्यो भनेर दंग परेका छन्, तर एमाले जनादेशबाट प्रतिपक्षमा पुगेको होइन, न त गठबन्धन भनिएकाहरु जनादेशबाट सत्तामा पुगेका हुन्…त्यो त परमादेशबाट हो ।“ ओलीले सरकारबाट बाहिर आउँदा एमालेले संगठन बनाउने र विस्तार गर्ने अवसर पाएको बताए । भेलालाई स्थायी कमिटी सदस्य शंकर पोखरेलले पनि सम्बोधन गरेका थिए । यसअघि ओली र पोखरेलले बर्दियाको गुलरियामा आयोजित कार्यकर्ता भेलालाई पनि सम्बोधन गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x