१२ मंसिर २०८३, शुक्रबार

माधव नेपाल समूहका २३ जना सांसदको हस्ताक्षर

एसीपी संवाददाता

१० जेष्ठ २०७८, सोमबार ०८:२५ मा प्रकाशित

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न नेकपा एमाले माधवकुमार नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका २६ सांसदमध्ये संसद विघटनविरुद्ध रिट दिन २३ जनाले हस्ताक्षर गरेका हुन् । केहि नेताहरु जिल्ला बाहिर रहेको र सर्वोच्च अदालतले सक्कल हस्ताक्षर नै खोज्ने भएकाले २३ जनाले हस्ताक्षर गरेको नेता विरोध खतिवडाले जानकारी दिनुभयो । एमालेका विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल निरादेवि जैरू, सरलाकुमारी यादव, कल्याणी खड्का लक्ष्मी चौधरीले हस्ताक्षर गरेका छन् । यस्तै, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडाले हस्ताक्षर गरेका छन् । अन्य केहिले पनि हस्ताक्षर गर्ने भनेपनि उपत्यका बाहिर रहेकाले सम्भव नभएको खतिवडाले बताउनुभयो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराई, नेपाल–खनाल समूह र राष्ट्रिय जनमोर्चा गरी पाँच दलका सांसदहरुले रिट दायरका लागि हस्ताक्षर गरेका छन् । राष्ट्रपति भण्डारी समक्ष पाँच दलका १ सय ४९ जना सांसदहरुले हस्ताक्षर बुझाएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x